माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति

काठमाडौँ– नवगठित माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेकोप्रति उन्नत लोकतन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष स्वागत नेपालले विज्ञप्ति जारी गर्दै आफूहरुले प्रस्ताव गरेको चिन्ह नै माधव नेपाल पक्षले प्रस्ताव गरेकोमा आपत्ति जानएका हुन् । निर्वाचन आयोगले उक्त चुनाव चिन्ह प्रदान गरे आफूहरु कानूनी प्रक्रियामा […]

सम्बन्धित सामग्री

गुल्मीमा १२ वटा दल दर्ता

आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ । यस्तै सामाजिक एकता पार्टी , उन्नत लोकतन्त्र पार्टी र जन समाजवादी पार्टी पनि दल दर्ता गरेका छन । एमालेबाट फुटेर केही महिना अघि मात्र गठन भएको नेकपा एकीकृतले भने राष्ट्रिय मान्यता प्राप्त