विशेष अदालतमा थुनुवाको मात्रै मुद्दा सुनुवाइ हुने

कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने निर्णय गरेको हो । विशेष अदालतले अब थुनुवाबाहेकका मुद्दा सुनुवाइ रोक्ने निर्णय गरेको छ । संक्रमणको जोखिम कम भएपछि मात्र सबै मुद्दामा सुनुवाइ थाल्ने विशेष अदालतले जनाएको छ । विशेष अदालतका अनुसार थुनुवा भएका मुद्दाहरूको सुनुवाइ भर्चुअल माध्यमबाट हुनेछ । आरोपपत्र÷अभियोगपत्र दर्ता, आरोपपत्र÷अभियोगपत्र साथ उपस्थित गराइएका अभियु...