सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

काठमाडौं (अस) । सानिमा बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना ०७८ साउन ३ देखि ०७८ साउन ७ गतेसम्म लागू हुनेछ ।