विश्व कप फुटबल : इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेले, कतार समूह चरणबाटै बाहिरियो

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत मैदानमा आज बिहान भएको खेलमा इङ्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै इङ्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ल्यान्ड ले २ खेलमा ४ अङ्क जोडेको छ । अमेरिका २ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इङ्ल्यान्ड ले इरानलाई ६–२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग एक/एक गो...