भारतको अमरनाथ गुफानजिकै आएको बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । भारतको कश्मिर राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । कश्मिरको अमरनाथ गुफा नजिकै आएको बाढीका कारण भौतिक संरचनाहरु समेत बगाएको छ। हिन्दुहरुको मन्दिर नजिकै बनाइएका संरचनाहरु बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाको समयममा याे गुफा आसपास करिब १० हजार मानिस रहेको बताइएको छ […]

सम्बन्धित सामग्री

दक्षिण कोरियाको राजधानीमा आएको बाढीमा परी कम्तीमा ८ जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा अविरल वर्षाले आएको बाढीका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । सोमबार राति परेको भारी वर्षाले सडकहरू डुबानमा परेका छन् । मेट्रो स्टेसनहरू बाढीमा डुबेका र सहर तथा छिमेकी प्रान्तहरूमा बिजुली बत्ती गएको बीबीसीले जनाएको छ ।  कोरियाको मौसम विज्ञानकाअनुसार केही...

भारतमा हिमनदी फुट्दा भएको घटनामा एक नेपालीको शव भेटियो

भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । कान्तिपुरमा खबर छ ।

उत्तराखण्डमा हिमनदी विस्फोट : एक नेपालीसहित ८ को शव फेला

भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् ।