आइसिसी टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
रामेश्वर खनाल जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारका सबैभन्दा वरिष्ठ मन्त्री हुन् । नयाँ निर्वाचन र भ्रष्टाचार नियन्त्रणको प्रमुख जनादेश लिएर बनेको सरकारका अर्थमन्त्री तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री खनालसँग चुनावको तयारी, अर्थतन्त्रको …
काठमाडौं- इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित हुँदा नेपालबाट आज कतार जाने कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्। आज बिहान १० बजे एउटा र ११ बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय […]
अमेरिकी आप्रवासन अधिकारीहरूले एच-१ बी भिसा भएका ओक्लाहोमा विश्वविद्यालयका एक प्राध्यापकलाई पक्राउ गरेका छन् । वाशिङटनमा शैक्षिक सम्मेलनमा जाँदै गर्दा अमेरिकी आप्रवासन अधिकारीहरूले शनिबार प्राध्यापक वाहिद अबेदिनीलाई पक्राउ गरेका हुन् । उनका सहकर्मी प्रो. जोशुआ ल्याण्डिसले सामाजिक सञ्जाल एक्समार्फत अबेदिनीलाई गलत रूपमा नियन्त्रणमा लिइएको जानकारी गराएका छन् । उनले अबेदिनी वैध एच-१ बी भिसामा उच्च […]
काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि बढिरहेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा जोडिने भएका छन्। पार्टी एकताको तयारीसँगै दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको संयुक्त उपस्थितिमा पत्रकार सम्मेलन बिहीबार बिहीबार संयुक्त कार्यक्रम आयोजना गरिने भएको छ।
तेह्रथुम। कृषि प्रधान देश नेपालमा यो क्षेत्रलाई व्यवसायिक बनाउँन नसक्दा रोजगारी सिर्जना गर्न सकेको छैन । कृषि क्षेत्रलाई व्यवसायिक भन्दा परम्परागत रुपले सञ्चालन गरिँदा यो पेशाबाट बाहिरिने नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। तर पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा कृषिको आधुनिकीकरणका लागि सरकारी तथा व्यक्तिगत प्रयास भइरहेका छन् । जसले रोजगारीसँगै आन्तरिक उत्पादनमा बढ्वा दिएको हाे। […]