चार वर्षपछि खुल्यो कोरला नाका

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि आजबाट खुलेको छ ।  नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरू लगायतको उपस्थित थियो ।  चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता,  कस्टम्स भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरूको उपस्थितिमा आजदेखि नाका खोलिएको हो ।  दुवै सररकारका प्रतिनिधिको उपस्थितिमा नाका खोलिएको हो । कोरला नाकाको ढोका खुला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए ।  लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।  मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।  कोरला नाका सञ्चालनको तयारीका क्रममा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र’ वितरण गरिएको छ ।  ‘प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,’ प्रजिअ पन्तले भने, ‘कोरला नाकाको नजिकै नेपाली भूमिमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीको नियमित उपस्थितिको व्यवस्था मिलाइएको छ ।’ नेचुङ सशस्त्र प्रहरी बलको (बीओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।  सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।  विसं २०५८ सम्म रोकतोक नरहेको सीमा २०५९ सालदेखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।  लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी)को रोहवरमा दुुई दिनअघि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा प्रिफेव कन्टेनर जडान गरिएको छ । कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन्, नेपालमा थिएन ।  चार हजार मिटरभन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुरोधमा चीनले प्रिफेव कन्टेनर उपलब्ध गराएर जडान गरिएको हो । चारवटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन् । चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरला नाका जाने पर्यटक प्रतिकूल मौसम हुँदा आश्रय लिन सक्नेछन् । रासस

सम्बन्धित सामग्री

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी)बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत […] The post सबै मुस्ताङबासीका लागि कोरला नाका खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शहरै बनिसकेको लिजीबाट खुल्यो कोरला नाका, नेपालतर्फ अस्थायी संरचनासमेत छैन

२७ कात्तिक, पोखरा । नेपालको बिना तयारी र संरचना नै नबनेको स्थितिमा कोरला नाका सञ्चालनमा आएको छ । चीनतर्फ तिब्बतको लिजीमा बन्दरगाहसहित शहरै बने पनि कोरलानाकाको नेपालतर्फ कुनै संरचना छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला (नेचुङ—लिजी) नाका खोल्ने सहमतिअनुसार सोमबार एक समारोहबीच यो नाका सञ्चालनमा ल्याइएको हो । नाका खोल्ने भएपछि चीनतर्फबाट […]

कोरला नाका कात्तिक २७ देखि सञ्चालनमा आउने

म्याग्दी : मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी साता सञ्चालनमा आउने भएको छ। गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गते नाका सञ्चालनमा आउने जानकारी आएसँगै स्थानीयमा खुशीयाली छाएको बताए।‘सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,’ उनले भने, ‘लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

२३ असोज, म्याग्दी, । मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी […]

कोरला नाका सञ्चालनको तयारी : मुख्यमन्त्री पाण्डे

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन् । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिएको तर मुस्ताङतर्फ सीमास्थलमै केही पनि निर्माण नभएकाले तत्काल भौतिक संरचना निर्माण गर्नुपर्ने बताए  ।  ‘कोरोला नाका खोल्ने सरकारको […]

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।...

प्रधानमन्त्रीको चीन भ्रमणः खुल्ला त कोरला नाका ?

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिक...

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा […]

चर्चामै सीमित कोरला नाका

चीनले पूर्वाधार निर्माण सक्दा नेपालतर्फ एकीकृत भन्सार बनाउन बल्ल माटो परीक्षण उपल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाका सञ्चालन गर्ने नेपाल–चीनबीचको सम्झौता चर्चामै सीमित बनेको छ । कोरला नाका...

कोरला नाका: पारि सहर, वारि खण्डहर

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएपछि कोरला नाका प्राथमिकतामा परेको थियो।...