जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको बताएका छन् ।
बुधवार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति भण्डारीलाई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराएका हुन् ।
‘पार्टीको निर्णयबारे इमेलमार्फत जानकारी गराइएको थियो, आज भेटेरै जानकारी गराएका हौं,’ जसपा स्रोतले लोकान्तरसँग भन्यो ।
राष्ट्रपतिसँग भेट्नुअघि ठाकुर र महतोले प्रधानमन्त्री निवा...