काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग ‘होर्मुज’ बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन् । इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले यसको पुष्टि गरेको छ । […]