सुर्खेत– कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने उनले बताए । राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको […]