दुर्गन्ध फैलिएको ठाउँमा मुख बाँधिएको बोरा भेटेपछि…

१५ फागुन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडानम्बर ९ गोठकैलपुरस्थित बछराजा नदी आसपास दुर्गन्ध फैलियो । स्थानीयवासीले शनिबार साँझ दुर्गन्ध फैलिएपछि खोजबिन सुरु गरे । उनीहरूले पुलबाट नियाल्दा नदीमा जुत्ता, कपडा र बोरामा बाँधिएको केही वस्तु देखे । यसपछि गाउँमा खैलाबेला मच्चियो । उनीहरूले इलाका प्रहरी कार्यालय यदुकोहालाई खबर गरे । केही बेरमै प्रहरीको टोली […]