प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिडिन्डरका डल्ला फाले। उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए। प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु परेको छ।

सम्बन्धित सामग्री

विराटनगरका ३२ घरमा गोबर ग्यास, उद्घाटन गर्न प्रधानमन्त्री

‘गोबर ग्यास प्लान्ट’बाट उत्पादन थालिएको ग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली विराटनगर पुगेका छन्। विराटनगर महानगरपालिका १४ स्थित गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास उद्घाटन गर्न ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्।