भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत गृह बगाउँदा कतिपय ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । टेलिफोनका टावर समेत क्षति पुग्दा सञ्चार सम्पर्क नै बिच्छेद भएको छ । नासोँ गाउँपालिका–१ को तालगाउँ सबैभन्दा बढी जोखिममा परेको छ ।