लकडाउनको विरोधमा धरानका स्थानीय

भदौ २, धरान । कोरोना संक्रमितसँगै मृतकको संख्यामा समेत वृद्धि हुँदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् ।  राजनीतिक दलको दबाबमा मेयर तिलक राईको लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधवार नाराबाजी गरेका हुन् ।  लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर्न आग्रह सहितको माइकिङ, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ । तर, धरानका होटल व्यवसायी, यातायात मजदूर, व्यापारी व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नुपर्ने भन्दै धरानमा विरोधसभाको आयोजना नै गरेका छन् ।  उनीहरुले ‘अव्यवस्थित लकडाउन विरुद्धको अभियान धरान’ गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयले ‘कि त गरिखानेलाई गरिखान देउ, विष खान र पासो लगाउन बाध्य नपार’ जस्ता नारा लगाएका थिए ।  अभियानका संयोजक हरि श्रेष्ठले विगतमा गरिएका लकडाउन पनि विकल्प बिना गरिएकाले कुनै उपलव्धीमूलक नभएको बरु उल्टै मजदूर तथा व्यापारी व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘विगतको जस्तो लकडाउन हो भने लकडाउन गर्नुको कुनै औचित्य छैन, लकडाउनको विकल्प खोजिनुपर्छ ।’ उनले विगतमा लकडाउनमा व्यापारीले घरभाडा तिर्न नसकेको, बैंकको ऋणको व्याज तिर्न नसकेको, यातायात व्यवसायीले बिहान बेलुका छाक टार्न नै धौ धौ भएको बताए ।  उनले भने, ‘हामी लकडाउनको विरोधी होइनौं, लकडाउन नै गर्ने हो भने व्यापारीहरुको घरभाडा छूटदेखि लिएर कर छूट हुनुपर्ने, लकडाउन अवधिभर मजदूरको रोजीरोटीको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरुमा स्थानीय सरकारले छूट गर्नुपर्छ, अनिमात्र लकडाउन गर्नुपर्छ ।’   यता यातायात मजदूर विनय पोख्रेलले विगतमा सबै क्षेत्र खुल्ला हुँदा लामो समयसम्म यातायात नखुल्दा मजदूरहरु मारमा परेको बताए । उनले भने, ‘हुनेखानेलाई लकडाउनले केही असर गर्दैन तर हामीजस्ता मजदूरको जीवनयापन गर्न नै कठीन हुन्छ ।’ विगतकै जस्तो लकडाउन हो भने नगर्दा राम्रो हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनले भने, ‘लकडाउन पूर्ण रुपमा हुनुपर्छ, व्यापारी, व्यवायीलाई सहुलियत हुने खालका प्याकेज ल्याउनुपर्छ अनि मात्र लकडाउन गर्नुपर्छ ।’ छलफलकै समयमा लकडाउनको विरोध गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने, ‘व्यवस्थित ढंगबाट लकडाउन गर्ने हो भने हामी पूर्ण सहयोग गर्छौ ।’ गत सोमवार लकडाउनको चेनब्रेक गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा जिल्ला सुरक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लकडाउनको विकल्न खोजिनु पर्ने व्यापारी व्यवासायीले माग गरेपछि बिना निष्कर्ष बैठक सकिएको थियो । पुनः धरान उपमहानगरपालिका सर्वदलिय, सर्वपक्षिय बैठकबाट व्यवपारी व्यवसायीको विरोधको बाबजुद शुक्रवारदेखि लकडाउन गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।   लकडाउनको चौतर्फी विरोध भइरहँदा धरान उपमहानगरपालिकाले भने बाध्यात्मक परिस्थितिमा लकडाउन गर्नु परेको बताएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोनोको ग्राफसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले बाध्य भएर लकडाउन गर्नुपरेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेर लकडाउन गरेका हैनौ सबैको छलफल पश्चात यो निर्णयमा पुगेका हौ, यसमा विरोधभन्दा पनि सहयोग गरेर लकडाउनको पूर्ण पालना गर्नु नै अहिलेको अवस्थामा उचित छ ।’ 

सम्बन्धित सामग्री

चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।

जलवायु ऋणको विरोधमा प्रदर्शन

सरकारले विश्व बैंकसँग जलवायु ऋण लिएको विरोधमा राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।...

दाङमा मूल्य वृद्धिको विरोधमा अनशन

१५ जेठ, दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन, तस्बिरहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।

कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गाउँपालिका बन्द

खोटाङ – खोटाङमा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ ।  गएकाे बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो ।  नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ&...

एमसीसीको विरोधमा बन्द देखि प्रदर्शनमा को को

काठमाडौं, ४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा एक दर्जनभन्दा बढी दल देखि विभिन्न समूहहरु विरोधमा उत्रिएका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दलीय मोर्चाले बन्द आव्हान गरेका छन् । आजै माइतीघर मण्डलामा दर्जन समूहले प्रदर्शनको कार्यक्रम राखेका छन् । उनीहरुले एमसीसी सदनमा टेबल नगर्न र अनुमोदन नगर्न माग राखेका छन् । […]

परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्ध जनकपुरधाममा प्रदर्शन

परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्व विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

हत्याको विरोधमा राजमार्ग बन्द

काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ । अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय वासिन्दाले लम्कीचुहामा राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरु लम्कीमै रोकिएका छन् भने […]

एमसीसीको विरोधमा विमानस्थल परिसरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो ।  सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्कवृद्धि, विरोधमा पाँच विद्यार्थी संगठन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि पाँच विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि जिल्लामा क्रियाशील विद्यार्थी संगठन विरोधमा रहेका हुन्...