बुङ्मती पुर्याइयो रातो मच्छिन्द्रनाथ (फोटोफिचर)

रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको छ ।  करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै अर्थात बुधबार बुङ्मती लागिएको हो । अपराह्न ३ बजे खटमा हालेर ५ बजे  रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको थियो ।  पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने छन् ।हालको कोरोना कहरबीच पनि संस्कार र संस्क