आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा गुजरातको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस …