किर्ते लालपुर्जा बनाई अर्काको जग्गा बेच्ने पक्राउ

काभ्रे : काभ्रेमा अर्काको नाममा रहेको जग्गाको किर्ते लालपुर्जा बनाई आफ्नै भनी नक्कली विक्री गरी १ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाई बिक्री गरेको आरोपमा साविक धादिङको जीवनपुर गाविस–५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मी लगायतलाई पक्राउ गरेको हो।प्रहरीले जग्गा खरिद गर्नेमध्ये चारजनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालय