रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी पक्राउ

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ ।  जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।  उहाँ पाँच महिनापछि स्वदेश पुग्नुभएको थियो । गएकाे अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस हुनुभएको थियो ।  उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘न...