पर्यटकीय स्थल दोमुखामा आगलागी, आमा छोरी घाइते

झापा :  पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका– १० स्थित दोमुखामा गएराति आगलागी भएको छ। आगलागीमा परी आमा छोरी जना घाइते भएका छिन्। शिवसताक्षी– १० दोमुखा निवासी ४३ वर्षीया बालिका भण्डारी र उनकै १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। हात र अनुहार जलेर घाइते भएकी आमा–छोरी दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटीमा उपचार भइरहेको छ।प्रहरीकाअनुसार बिहीबार राति ११ बजे दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एक तले भव