काठमाडौं : सुनसरीको दुहवी नगरपालिकाले कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुँदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागह