काठमाडौं : नेपालमा डेंगु संक्रमित ११ हजारभन्दा बढी पुगेका छन् भने हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यसरी डेंगु संक्रमण देखिने सबैभन्दा धेरै बाग्मती प्रदेशका रहेका छन्।बाग्मतीमा हालसम्म ८ हजार ३९० जना डेंगुका बिरामी भेटिएका छन्। लुम्बिनी प्रदेशमा १ हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु संक्रमण देखिएको छ।२ सातामा ६ ह