भारतको उत्तर प्रदेशमा रातमा निषेधाज्ञा

लखनउ : कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ। उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिएका छन्।उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। सरकारले जारी गरेको आदेशमा बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा २ सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन्। सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ। आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ।मास्क अनिवार्यबजार