न्यायाधीश र नेपाल बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच आज पनि छलफल हुँदै छ । सर्वोच्चमा देखिएको गतिरोधका विषयमा छलफल हुन लागेको अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बारको अगुवाइमा कानुन व्यवसायीहरू आन्दोलित छन् । सर्वोच्चका न्यायाधीशहरू पनि प्रधानन्यायाधीश जबराको विरोधमा छन् । यसअघि, मंगलबार...

सम्बन्धित सामग्री

गभर्नर महाप्रसाद अधिकारीको रिटमा मंगलवार छलफल हुँदै

वैशाख १३, काठमाडौं। नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलवार छलफल हुँदैछ ।  सर्वोच्च अदालतको एकल इजलासबाट अल्पकालिन अन्तरिम आदेशमार्फत पुनर्स्थापित भएका गभर्नर अधिकारीको रिट न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा पुगेको छ। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने निर्णय गर्नेछ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । अघिल्लो पटक हरिप्रसाद फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई अल्पकालिन अन्तरिम आदेश दिंदै दुबै पक्षलाई वैशाख १३ गते मंगलवार बोलाउने निर्णय गरेको थियो। साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/ नगर्ने विषयमा छलफल गर्न पेशी तोकेको थियो । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।

गभर्नर अधिकारी निलम्बन सम्बन्धी मुद्दामा आज दुवै पक्षबीच छलफल हुँदै

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको मुद्दामा सर्वोच्च अदालतमा आज दुवै पक्षबीच छलफल हुँदैछ । सरकारले छानबिन समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्कनुभएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय गर्न आज दुवै पक्षबीच छलफल हुँदैछ । सर्वोेच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएमा गभर्नर अध...

गर्भनर अधिकारीको रिटमा आज दुईपक्षबीच छलफल हुँदै

काठमाडौं, १३ बैशाख । गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतमा छलफलको लागि आज दुई पक्षलाई बोलाइएको छ । सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते दायर गरेको रिटमा आज सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले बैशाख १३ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो […]

असन्तुुष्ट न्यायाधीश र बार प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरु र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ । सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ । फुलकोर्ट बस्नु अघिनै २ पक्षबीच छलफल हुन […]

नियमित इजलासमा फर्केका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं, १ मंसिर । आज नियमित काममा फर्केका न्यायाधीश, सर्वोच्च बारका पदाधिकारी र नेपाल बारबीच छलफल भैरहेको छ । सर्वोच्च अदालतको नियमित काममा फर्केका न्यायाधीशहरुको आधिकारीक धारणा बुझ्न बैठक बसेको बुझिएको छ । बारको आन्दोलनको समर्थन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तृष्टि राख्दै आएका न्यायाधीशहरु हिजो तेजबहादुर केसी, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, मनोज शर्मा र […]

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको बैठक सुरु

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको बैठक सुरु भएको छ । पछिल्लो समयमा विभिन्न कारणले अप्ठ्यारोमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल भएको हो । सर्वोच्चकै हलमा छलफल हुँदै छ । छलफलमा सर्वोच्चका सबै न्यायाधीश उपस्थित छन् । यसअघि, सोमबार प्रधानन्यायाधीशले पेसी तोकेको इजलासमा सर्वोच्चका १३ न्यायाधीश गएका थिएनन् । पछिल्लो...

बार र प्रधानन्यायाधीशबीच छलफल हुँदै

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाईमा बारको कार्यसमिति आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्दै छन्। बारका महासचिव लीलामणि​ पौडेलका अनुसार अहिले ११ बजे देखि भेटवार्ता हुनेछ। प्रधान न्यायाधीश जबरा विभिन्न विवादका विषयमा तानिए पछि जबरा विरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिदै आएका छन्। जबराको राजीनामा माग देखि अदालत प्रवेशमा रोक लगाउनु पर्ने, अदालतका अन्य न्यायाधीशहरूले जबराको बेन्च सेयर गर्न नहुने भन्दै कानून व्यवसायीहरूले दबाब बढाएका छन्। त्यही सेरोफेरोमा आज बारका...