काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ। उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए। पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका