चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । आज शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो । उहाँले ओली प्रवृत्ति नेपाल र नेपाली नागरिकका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठ...