पुनारागमन जितसँगै बेल्जियम युरोकपको नकआउट नजिक

एन्जेन्सी।सुरुवाती अग्रतालाई जोगाउन नसक्दा युरोकप फुटबलमा डेनमार्क बेल्जियमविरुद्ध २-१ ले पराजित भएको छ।पार्केन रंगशालामा युसुफ पउलसेनले खेलको दोस्रो मिनेटमा नै गरेको गोलबाट डेनमार्कले अग्रता लिएको थियो।तर, थोर्गन हाजार्ड र केभिन डी ब्रुयनाले दाेस्रो हाफमा एक/एक गोल गरेपछि बेल्जियम विजयी भयाे।जितसँगै बेल्जियमले नकआउटमा चरणमा नजिक पुगेको छ।बेल्जियमले पहिलो खेलमा रसियालाई ३-० ले पराजित गर्दा डेनमार्क फिनल्यान्डसँग १-० ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

लुकाकुको गोल क्रिष्ट्रियनमा समर्पित

बेल्जियम स्टार रोमेलु लुकाकुले रुसविरुद्धको खेलमा गरेको पहिलो गोल डेनमार्ककका क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित गरेका छन् । खेलको १० औं मिनेटमा गोल गरेपछि आफ्ना साथीहरुलाई अभिवादन गर्ने मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए । यसपछि लेन्सतर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यु ।शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहदाँ एरिक्सन मैदानमै ढलेका थिए । त्यसपछि लामो समयसम्म उक्त खेल स्थगित भएको थियो । अस्पतालमा एरिक्सनको स्वास्थ अवस्था स्थिर देखिएपछि यता, फेरि खेल सुरु गरिय

गोल गरेपछि चिच्याए लुकाकु–क्रिस आई लभ यू

डेनमार्डका मिडफिल्डर क्रिष्टियन एरिक्सनको सम्मानमा बेल्जियम स्टार रोमेलु लुकाकुले गोल समर्पित गरेका छन् । रुसविरुद्धको खेलमा उनले १० औं मिनेटमा गोल गरेका थिए । सो गोललगत्तै उनी  मैदानको साइडमा राखिएको टेलिभिजन क्यामेरा नजिक आए र एरिक्सनलाई सम्झिए ।  उनले क्यामेरातर्फ फर्किएर चिच्याए – क्रिस आई लभ यू । शनिबार राति डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहँदा एरिक्सन मैदानमै ढलेका थिए । हाल उनको होस खुलेको र अस्पतालमा उपचार भइरहेको छ । लुकाकुले एरिक्सनको सम्मानमा एक गोल समर्पित गरेको खेलमा बेल्जियमले रुसला...

बेल्जियम पहिलाे हाफमा इंग्ल्यान्डविरूद्ध १–० अघि

रूसमा जारी विश्वकप समापन नजिक पुग्दा अाज इंग्ल्यान्ड र बेल्जियम तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गरिरहेकाे छ । खेलकाे पहिलाे हाफमा बेल्जियम १–० ले अघि छ ।    खेलकाे चाैथाे मिनेटमै थाेमस मेउनियरले गाेल गर्दै ...

विश्वकप सेमिफाइनलः पहिलाे हाफ गाेलरहित बराबरीमा, उपाधिकाे नजिक काे पुग्ला ?

काठमाडौं ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनलकाे पहिलाे खेलमा फ्रान्स र बेल्जियम प्रतिस्पर्धा गर्दैछन् । खेलकाे पहिलाे हाफ समाप्तिमा भने दुवै टाेलि गाेलरहित खेलिरहेकाे छ । दुवै ...