चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्याउने विद्युत प्राधिकरणको प्रतिबद्धता

काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।  नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि विद्युतीकरणका लागि गरिएको टेण्डर प्रक्रिया रोकिएको थियो ।  निकुञ्जले बाँदरझुला क्षेत्रमा कुनै योजना सञ्चालन नगर्न र विनाअनुमति गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ बमोजिम कारबाही हुने जानकारी गराएको थियो । चितवनको विकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र दाबी गरेको बाँदरझुलामा करीब ८ सय घरपरिवारका ३ हजार पाँच सय जनाभन्दा बढीको बसोबास छ । निकुञ्चले भने आफ्नो क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले उक्त बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने बताउँदै आएको छ ।  उक्त क्षेत्रमा २०४७ कात्तिकबाट बसेकाले वर्षाैंदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले आफ्नो दाबी गर्दै आएका छन् । राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न नसकेपछि केहीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका छन् । उक्त क्षेत्रभन्दा करीब २ किलोमिटर दूरीमा पर्ने पर्साको ठोरीसम्म विद्युत् पुगिसकेको छ । विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हेटौंडा प्रदेश डिभिजन कार्यालयका प्रमुख, चनौली वितरण केन्द्र प्रमुखलगायत सम्मिलित टोलीले आइतवार बाँदरझुला क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीयसँग अन्तक्रिया गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँदरझुला क्षेत्रमा विद्युत् पुर्याउन बजेट विनियोजन गरी काम गर्न टेण्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा निकुञ्जको कानुनी व्यवस्था र प्रक्रियाका कारण विद्युतीकरण गर्न नसकिएको बताए ।  बाँदरझुलाको बस्ती स्थानान्तरण गरिएमा विद्युत्का संरचना पनि हट्ने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घर÷बस्ती भएको क्षेत्रमा विद्यु्त् पुर्याउनु प्राधिकरणको दायित्व भएकाले यसका लागि बजेट सुनिश्चित गरी प्रारम्भिक काम भइसकेको बताए ।  ‘विदेशी शरणार्थीलाई त राज्यले न्यूनतम सुविधा दिनुपर्छ भने आफ्नै देशका नागरिकलाई विद्युत्जस्तो आधारभूत सुविधाबाट वञ्चित गर्न मिल्दैन, बस्ती स्थानान्तरण गर्ने/नगर्ने राज्यको विषय होला, पूर्ण विद्युतीकरण गर्न लागिरहेको अवस्थामा घर÷बस्ती भएको त्यसमा पनि गर्मी हुने ठाउँमा बसिरहेका नागरिकलाई जसरी पनि विद्युत् उपलब्ध गराउनुपर्छ,’ घिसिङले भने, ‘आगामी दिनमा बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना सार्न सकिहालिन्छ, त्यसैले बाँदरझुलामा चाँडो विद्युत् पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका कारण जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीका बासिन्दा पनि वर्षौंदेखि अँध्यारोमा बसिरहेको अवस्थामा पछि बस्ती हटाएमा विद्युत्का संरचना पनि सोहीअनुसार हुने गरी विद्युतीकरण गरिएको उल्लेख गरे ।  माडी नगरपालिका–९ का वडाअध्यक्ष घनश्याम दुवाडीले निकुञ्जले सहजरूपमा काम गर्न नदिँदा पनि व्यवाहारिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहबाट बाँदरझुला क्षेत्रको विकासमा लगानी भइरहेकाले विद्युतीकरण तत्काल अगाडि बढाउन आग्रह गरे ।  ‘बाँदरझुलामा एउटा माध्यमिक, २ वटा आधारभूत विद्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, स्वास्थ्य संस्था छन् । तर, विद्युत् अभावमा विद्यालयका विज्ञान प्रयोगशाला र स्वास्थ्य चौकीमा स्थापना गरिएको बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गर्न सकिरहेका छैनौं । त्यसैले तत्काल विद्युत् जोडिदिनु पर्छ ।’ स्थानीय वासिन्दा दिलिप विकले भारतसँग सीमा जोडिएको बाँदरझुलावासीले विनावर्दीका सिपाहीको रूपमा सीमा रक्षकको रुपमा काम गरिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र घोषणा हुनुभन्दा पहिलेको बस्तीलाई स्थानान्तरणका नाममा विद्युत् सुविधाबाट वञ्चित गराइएको बताए । 

सम्बन्धित सामग्री

चितवनको बाँदरझुला अझै अँध्यारोमा

चितवनको माडी नगरपालिका-९ बाँदरझुला (हनुमानझुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्‍वान गरेको थियो ।

चितवनको बाँदरझुला अझै अँध्यारोमा

चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।

माडीको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा बनाइने

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने माडी नगरपालिका–९ को बाँदरझुलालाई छुट्टै वडा बनाइने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले माडीको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा बनाउने निर्णय गरेको हो । जनसंख्या र भूगोलसँगै...

बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति

काठमाण्डाै – बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति सहमति भएको छ । चितवनको माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलाका नागरिकले जग्गा प्राप्तिको माग राखेर आन्दोलन गर्दै आएका छन् ।  आज मङ्गलवार बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत सङ्कलन र जग्गा जाँचको सूचना प्रकाशित गर्ने र लगत सङ्कलनको निवेदन दिएकै दिन जग्गा जाँचको निस्सा वितरण गर्ने, बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमत...

लालपुर्जा मागेर मण्डलामा झुल्दै छ बाँदरझुला !

हातमा विभिन्न प्लेकार्ड बोकेका झन्डै चालिस जना मानिसको समूह अगाडि कापीको एउटा सानो चिर्कटोमा लेखिएका नारा– हामीलाई    लालपुर्जा    चाहियो.... चाहियो.................चाहियो.... उधारो     सम्झौता    मान्दैनौं........ मान्दैनौं.............मान्दैनौं....... लालपुर्जा    नलिइ    जाँदैनौं...... जाँदैनौं..............जाँदैनौं......... पहिले आफू माथिका हरफ भन्दै अरूलाई पछिल्ला हरफ भन्न लगाउँदै नारा ...

भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमति

६ पुस, काठमाडौं । राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमित भएको छ । सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका जगराम प्रजाले जानकारी दिए । भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन र जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै […]

लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी आन्दोलित

काठमाडौं। चितवन बाँदरझुलाका सुकुम्बासीहरु लालपुर्जा माग्दै काठमाडौं आईपुगेका छन्। आइतबार बाँदरझुला संघर्ष समितिले माइतिघरमा लालपुर्जा पाउँनको लागि आन्दोलन सुरु गरेका हुन। कार्यक्रममा समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले जग्गाको विषयमा ज्यादती गरेकोले आन्दोलन गर्नु परेको बताएकी छन्। यसका साथै जनताले जनताको समस्या भन्दा आफ्नो भोटमा धेरै ध्यान दिईरहेको बताएकी छन्।

‘हामी घर खोजिरहेका छौं, तिमीहरू वस्ती जलाउँछौ’ [तस्वीरहरू]

चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्वासी समुदायले काठमाडौंमा आन्दोलन शुरू गरेका छन् । आइतवार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन शरू गरेका हुन् ।  बाँदरझुला संघर्ष समिति संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नुपरेको बताइन् ।  उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताइन् ।  नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको मा...

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् । लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए । बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा […]

बाँदरझुला वस्ती स्थानान्तरण गर्नुपर्छ ः मन्त्री पाण्डे

चितवन,  असोज ४ गते । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेको बाँदरझुला बस्तीलाई तत्काल...