फ्रान्स र इङ्ल्यान्ड को पुग्ला विश्व कपको सेमिफाइनलमा ? यस्तो छ 'हेड टु हेड'

काठमाण्डाै - कतार विश्व कप फुटबलको क्वाटरफाइनलमा आज राति साविक विजेता फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे अलबायत मैदानमा सुरु हुनेछ । यो कतार विश्व कप फुटबलको क्वाटरफाइनल अन्तर्गत अन्तिम खेल हो । फ्रान्सले अन्तिम–१६ मा पोल्यान्डलाई ३–१ गोलले र इङ्ल्यान्डले सेनेगललाई ३–० गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सले चार वर्षअघि सन् २०१८ मा र सन् १९९८ मा विश्व कपको उपाधि जितेको थियो ।  हेड टु हेड फ्रान्स र इङ्ल्यान्डबीच अहि...