प्रचण्ड–नेपाल समूहको अडान : नेकपा आधिकारिकता र दलबारे टुङ्गो नलाग्दासम्म निर्वाचन हुँदैन

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचनसँग सम्बन्धित कुनै पनि काम अघि नबढाउन आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने बोलाएको बैठकमा नेता लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा रहेको र अन्तिम निर्णय नआएसम्म निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएका छन् । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो […]

सम्बन्धित सामग्री

समाधान आत्मालोचनाबाट

नेपाली राजनीति अहिले तरल अवस्थामा पुगेको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला दिई राजनीतिक विवाद निरूपण गर्ने बाटो देखाइदिएको छ । नेपालको संविधानलाई कार्यान्वयनको महŒवपूर्ण पाटोका रूपमा रहेको यो फैसलासँगसँगै मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरणको सङ्केत देखापरिरहेका छन् । अब के हुन्छ, कसको सरकार बन्छ ? प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने अडान कायमै राख्नुभए के हुन्छ ? नेपाली काँग्रेसको सरकार गठन प्रक्रियामा के भूमिका हुन्छ ? जनता समाजवादी पार्टीले के गर्ला ? नेकपाको आधिकारिकता विवादबारे निर्वाचन आयोगले के निर्णय देला ? नेकपा पुनः एउटै पार्टी रहला या टुक्रिएरै छाड्ला ? भन्ने जस्ता अनगिन्ती प्रश्न उठेका छन् ।

नयाँ नक्सासँगै मधेसवादीका माग पनि पूरा गरौं

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधनका क्रममा मधेसवादी दलको पनि माग पूरा गर्नुपर्ने अडान लिएका छन्। पार्टी मुख्यालय सानेपामा बसिरहेको नेपाली कांग्रेस कार्य समितिको बैठकमा नेता निधिले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालसहितले उठाउँ...