उद्यमशीलता प्रवद्र्धनका लागि त्रिपक्षीय सम्झौता

वीरगन्जमा नव उद्यमशाला, प्रथम बिजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । सुरु गरिएको नयाँ सोच भएका युवाहरूलाई व्यवसाय गर्न तथा उद्यमशीलता विकासका कार्यमा आकर्षित गर्न सरोकारवालाको सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्थागत गर्न सघाउने उद्देश्यले कार्यक्रम गर्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघ, अन्तरप्रेरणा प्रालि र वीरगन्ज पब्लिक कलेजबीच त्रिपक्षीक्ष सम्झौता गरिएको हो ।