राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।
शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिताका स...