बर्दियामा ब्राउन सुगर सहित दुई  पक्राउ

बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ बाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ४ बस्ने २१ वर्षीय सन्तोष भट्टराई...

सम्बन्धित सामग्री

ब्राउन सुगर खल्तीमा हालिदिएको आरोप प्रहरीलाई नै लागेपछि.......

चोरीको मुद्दामा समातिएका एक युवालाई सुर्खेतको बाङ्गे सिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) नारायण विष्टले नै पाकेटमा ब्राउन सुगर हालिदिएको आरोप लागेपछि ती प्रहरी अहिले हिरासतमा छन्।...

हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर दिन खाेज्ने श्रीमती पक्राउ !

दाङ – दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न गएकी शान्तिले लगेकाे फलफूलभित्र ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । बरामद गरिएको ब्राउन सुगर एक सय २० मिलिग्राम रहेको प्रहरीले बताएको छ ।

पेस्तोल र ब्राउन सुगर सहित बाँकेबाट ३ जना पक्राउ

बाँकेको खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट प्रहरीले अटोमेटिक पेस्तोल र ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका रविन्द्र थापा उर्फ गल्छी, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिश थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर छन् ।ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ ।आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्

र्यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग

ब्राउन सुगर र गाँजासहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ

झापाको मेचिनगर नगरपालिका ४ स्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीले  ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।डब्लु बि ७४ ए के ६०९९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने ३७ बर्षिय समर बहादुर आलेलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश राईसिङबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो ।     पक्राउ परेका आलेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी...

ब्राउन सुगर बोक्ने थापा पक्राउ

३ ग्राम लागु औषध ब्राउन सुगर सहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ११ स्थित बा ६८ प ५५६७ नम्बरको मोटसाईकलमा सवार बर्दिया बाँसगढी नगरपालिका ९ बस्ने वर्ष २५ को हरि बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।

डडेल्धुरामा एक युवक मृत फेला, खल्तीमा भेटियो ब्राउन सुगर

मृत भेटिएका युवकको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डडेल्धुरामा युवक मृत फेला,  खल्तीमा भेटियो ब्राउन सुगर

डडेल्धुरा  : डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्।मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। उनले कागजमा बेरेर राखेको ब्राउन सुगर फेला परेको उनले बताए।धामी भीमदत्त चोकनजिक एक पसलको बाहिर मृत अवस्था फेला परेका थिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र अहिलेसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जन

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।...