बजेट सकारात्मक, कार्यान्वयनमा चुनौती : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले समग्रमा बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको औंल्याएको छ । आइतबार मात्रै सरकारले आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको थियो । सो बजेटमा समीक्षा गर्दै चेम्बरले  भनेको छ ‘अर्थतन्त्रका विद्यमान समस्या, ह्रास हुँदै गएको विदेशी मुद्राको सञ्चिति र तरलता समस्याका कारण बजेटको कार्यान्वयन पक्ष अत्यन्त चुनौतीपूर्ण देखिएको छ । बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फिति दर ७ प्रतिशतमा सीमित गर्न कठिन देखिन्छ ।’