कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सप्ताहको पहिलो दिन आज सर