अर्थमन्त्री जनार्दन शर्माले मुलुक संघीय संरचनामा गए पनि प्रदेश र स्थानीय तहलाई बलियो बनाउने कुरामा बेवास्ता भएका कारण देशको विकासले गति लिन नसकेको बताएका छन् । उनले जनतासँग जोडिएका प्रदेश र स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव रहेको बताए ।शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारणसभा उद्घाटन समारोहमा मन्त्री शर्माले संघले सबै अधिकार आफ्नै हातमा राख्न खोज्ने, प्रदेश र स्थानीय तहलाई अधिकार दिनबाट वञ्चित गर्ने काम भएकाले सरकारको कामले अपेक्षित रुपमा गति लिन नसकेको दाबी गरे ।उनले भने, ‘अब