बार्सा रोकियो, अगुएरो अस्पतालमा

अलाभेससँगको खेलका दौरान सर्जियो अगुएरोको छातीमा समस्या देखिएपछि उनी अस्पताल नै जानु परेको छ । रोनाल्ड कुमन बर्खास्त भएपछि शनिबार पहिलो खेलमा बार्सा आलाभेससँग १–१ को बराबरीमा रोकियो । मेम्फिस डिपायले बार्सिलोनालाई अग्रता दिलाए पनि लुइस रिओजाले खेल बराबरी गरेका थिए । बराबरीपछि बार्सिलोना लिगको नवौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अंकले पछि परेको छ ।खेलका दौरान अगुएरो छाती समाउँदै मैदानमा ढल्न पुगेका थिए । हाफ टाइमअघि उनको मैदानमा नै केहीबेर उपचार गरिएको थियो भने त्यसपछि उनल

सम्बन्धित सामग्री

अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो । दोस्रो स्थानमा रहेको रियल मड्रिड

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’...

बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा साडियो माने र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर पेनाल्टी पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले सो निर्णयलाई उल्टाएको थियो ।दोस्रो हाफमा सर्जी ग्नाब्रीको गोल पनि अफसाइड भन्दै रद्द गरिएको थियो । तर ग्नाब्रीकै पासमा इन्जुरी समयमा बेन्जामिन पाभा

लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

काठमाडौँ । रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजनमा पहिलो जीत हाँसिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४–१ गोलले विजयी भएको हो । बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ […]

लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो ।बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्द

बार्सा नेपालले आठौँ वार्षिकोत्सव

काठमाडौँ (हाम्रो खेलकुद)– बार्सा नेपालले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । बार्सा नेपाल सन् २०१४ मा समर्थकहरुले स्थापना गरेका थिए । बार्सा नेपालका पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा आइतबार वार्षिकोत्सव मनाएको थियो । सो अवसरमा बार्सा नेपालले विगतमा गरेका कार्यक्रमको समिक्षा र आगामी दिनका योजनाका बारेमा छलफल भएको थियो । बार्सा नेपालका अध्यक्ष […]

हारबाट जोगियो बार्सा

लुक डि योङले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एस्पानियोलसँग २-२ गोलको बराबरी खेलेको हो ।खेलको शुरुवातमा नै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर सर्जी डार्डरले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा राउल डि टोमासले गोल गर्दै एस्पानियोललाई अग्रता दिलाए ।इन्जुरी समयमा जेरार्ड पिके र निको मेलामेडले दोस्रो पहैँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुई टोली १०-१० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि यो

फाती फर्किँदा बार्सा विजयी

आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको

हारबाट जोगियो बार्सा

निकै निरस खेल प्रदर्शन गरेको बार्सिलाना स्पेनिस ला लिगामा ग्रान्डासँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । रोनाल्ड आराउजोले खेलको अन्तिममा मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । नतिजाले प्रशिक्षक रोनाल्ड कुमानमाथि थप दबाब बढेको छ ।सोमबार राति भएको खेलमा  डोमिङ्गो डुआर्टेले खेलको दोस्रो मिनेटमा नै ग्रान्डालाई अग्रता दिलाएका थिए । गत हप्ता बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको बार्सिलोनाको प्रदर्शन सन्तोषजनक रहेन । बराबरी फर्काउनका लागि बार्साले खेलको ९० औँ मिनेटसम्म पर्खनुप

बार्सा छोड्दा थामिएन मेस्सीको आँशु

एजेन्सी, २४ साउन । लियोनल मेस्सीले आज बार्सिलोना फूटबल क्लब छाडेका छन् । लामो समयदेखि खेलिरहेको क्लबलाई उनले आज औपचारिक रुपमा पत्रकार सम्मेलन गरी छाड्का हुन् । क्लब छाड्ने बेला उनले आफ्नो आँशु थाम्न सकेनन् । उनको भनाईलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘मैलै यो क्लब छोड्दा मेरो रगत चिसिएको छ । यो मेरो दास्रो घर […]