सनराइज बैंकले आफ्ना शेयरधनीलाई लाभांश नदिने

सनराइज बैंकले शेयरधनीहरूलाई लभांश नदिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिनुपर्ने लाभांश नदिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

लाभांश पारितका लागि लक्ष्मी सनराइज बैंकले बोलायो पुस २६ मा साधारण सभा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक शेयरधनीको तर्फबाट दुई र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९-८०का लागि लाभांश घोषणा गरिएको छ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको […]

सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

सनराइज बैंक लिमिटेडले सेयरधनीका लागि वितरण प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १४औँ साधारणसभाले ६ दशमलव ६५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५...

सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा आज हुँदै

पुस १५, काठमाडौं । दुई ओटा कम्पनीले साधारण सभा आज (बिहीवार) हुँदैछ । सनराइज बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभा बिहीवार बोलाएका हुन् । सनराइज बैंकले आम्रपालि ब्याक्वेंट बालुवाटारमा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा बिहीवार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ६ गते बन्द गरिसकेको छ । यस आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा बिहीवार हुँदै

पुस १४, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीले साधारण सभा बिहीवार पुस बोलाएका छन् । सनराइज बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभा बिहीवार बोलाएका हुन् । सनराइज बैंकले आम्रपालि ब्याक्वेंट बालुवाटारमा बिहान १०ः३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा बिहीवार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ६ गते बन्द गरिसकेको छ । यस आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सनराइज बैंकको ७ % लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

मंसिर २९, काठामाडौं । सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।  कम्पनीले यस वर्ष ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा पुस १५ गते बोलाएको छ ।  उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउने भएका हुन ।  सभा आम्रपाली व्याक्वेंट बालुवाटार, काठमाडौंमा बिहान १० : ३० बजे भर्चृूअल माध्यमबाट शुरु हुनेछ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आवको लागि लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  सभाले बोनसपश्चात चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

सनराइज बैंकको लाभांश घोषणा

सनराइज बैंक Sunrise Bank Limited  ले  लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

सनराइज बैंकको नगद लाभांश घोषणा

सनराइज बैंक लिमिटेडको संञ्चालक समितिको बिहीबार बसेको ३०३ औं बैठकबाट बैंकका सेयरधनीहरूलाई आव २०७४/०७५ को मुनाफाबाट बैंकको कायम चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैयाँको ११.५ प्रतिशतका दरले हुन आउने रकम ९३,७५,४३,९२२.८७ ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ ८७ पैसा नेपाल राष्ट्र बैंक तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात् नगद लाभांश वितरण गर्ने निर्णय भएको जनाएको छ ।