सल्यानमा मानसिक बिरामी बढ्दै

खलंगा  : सल्यानमा मानसिक रोगका विरामी बढ्दै गएको पाइएको छ। पछिल्लो समय फैलिएको कोरोना भाइरसको संक्रमणले झनै मानसिक रोगीको संख्या बढेको देखिएको हो।सल्यान जिल्ला अस्पतालका अनुसार दैनिक १५ देखि २० प्रतिशत बिरामीमा कुनै न कुनै किसिमको मानसिक रोग देखिने गरेको छ। कोरोना भाइरस, मादक पदार्थ सेवन, महिला हिंसा, घरेलु हिंसा, वैदेशिक रोजगारी लगायतका कारण जिल्लाका मानसिक बिरामी हुने गरेको अस्पतालका डा. प्रदीप शर्माले बताए।सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको उनको