काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा जवाफ दिने क्रममा सदनमा होहल्ला भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए । त्यसलगत्तै एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । […]