भारतको उत्तर प्रदेशमा रहेको आगरामा एक महिलाले आफ्ना मरणासन्न पतिलाई रिक्सामा बसेर मुखले सास दिएको तस्वीरले कोरोनाको कारुणिक अवस्था दर्साएको छ ।
रवि सिंघल नामक ती ४७ वर्षीय पुरुषलाई उनकी पत्नीले मुखमा मुख जोडेर दिएर सास दिन खोजेको (सीपीआर) भए पनि रविको मृत्यु भएको थियो ।
एक सरकारी अस्पताल बाहिर पत्नी रेणुले रविमाथि पानी छर्केकी थिइन् र रिक्सामा सीपीआर दिएकी थिइन् ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेको तस्वीरले मानिसहरू स्तब्ध र आक्रोशित दुवै भए ।
रेणुलाई रविलाई चारवटा निजी अस्पताल लगेप...