बाँकेमा एक साता निषेधाज्ञा जारी

बुटवल । बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले  सोमवार रातीबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको  प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ । यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२०

सम्बन्धित सामग्री

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो। जेठ २४ देखि ३१ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ।...

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

पोखरा । कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

संखुवासभामा बैशाख २६ देखि एक साता निषेधाज्ञा

संखुवासभा : जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि निषेधाज्ञा जारी गरिएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार बैशाख २६ देखि जे ठ २ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।निषेधाज्ञाको अवधिमा बजार, पसल, सैलुन, ब्युटीपार्लर र जिमखाना बन्द रहने छन्। विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपन

रोल्पामा पनि आजदेखि निषेधाज्ञा जारी

वैशाख २२, रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा पनि आज (बुधवार) देखि दुई साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधवार बिहान ६ बजेदेखी आगामी जेठ ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सरकारले पहाडी जिल्लामा २०० जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको भएपनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । रोल्पामा हालसम्म १०५ जना सक्रिय संक्रमित रहेका छन् । विशेष गरी गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकामा बढी संक्रमण फैलिएको र दोस्रो लहरमा मात्रै जिल्लामा ५ जनाको मृत्यु समेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।  छिमेकी जिल्लाहरु दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

दैलेखमा पनि मंगलबार रातिदेखि एक साता निषेधाज्ञा

दैलेख : कोरोना महामारी दिन प्रतिदिन बढ्दै गए पछि दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा कोरोनाका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले वैशाख २१ गते  (मंगलबार) राति १२ बने देखि वैशाख २८ गते (मंगलबार) सम्म दैलेखमा निषेधाज्ञा जारी गरिने निर्णय भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। यहाँ पछिल्ला दिनमा भारतबाट आउनेको सङ्ख्या बढ्दै गएको छ। न

गुल्मीमा आजबाट एक साता निषेधाज्ञा

१९ वैशाख, गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण […]

मोरङका विभिन्न क्षेत्रमा एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।

कैलालीमा एक साता निषेधाज्ञा

धनगढी : सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि कैलालीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।जिल्ला कोभिड १९ संकट व्यवस्थापनको बैठकले बैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। निषेधाज्ञाको अविधमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जनाइएको छ।यसैबीच प्रहरीले प्रदेशको अस्थायी मुकाम धनगढीमा 'तपाईंको मास्क खोइ?' अभियान थालेको छ। कोरोनाको जोखिम बढेको भन्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोधका साथ प्रहरीले उक्त अभ

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

कर्णाली / दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि... The post सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा appeared first on Purbeli News.

बर्दियामा एक साता निषेधाज्ञा जारी

बर्दिया : छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न सोमबार राति १२ बजेदेखि लागु हुने गरी वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।