कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ, फेरियो मन्त्रालय

कर्णालीको  आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएको भनिएपनि अन्तिम समयमा आएर एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।उनलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका  हुन्  ।यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै ‘बार्गेनिङ&