पुस १९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७०० पीसीआर परीक्षणमा २९१ जना र २ हजार ७९८ एन्टिजेन परीक्षणमा ३५ जना गरी कुल ३२६ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना पुगेको छ ।
यसैगरी, सोमवार २५५ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।