प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]