आज राति देशभर वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, १० असार। आजराति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरीको समेत सम्भावना छ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।