प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक, भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरेर भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेलगायत कार्यक्रम रहेको जनाएका छन् । प्रदेश नं. २ का आठ जिल्लामा १ सय २७ स्थानीय तह (गाउँपालिका/नगरपालिका) छन् ।

सम्बन्धित सामग्री

प्रदेश २ को कार्यतालिका– उम्मेदवारी दर्ता भदौ २१ मा

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ । असोज २ गते गरिने निर्वाचनका लागि आयोगले भदौ २१ देखिको निर्वाचन कार्यक्रम ल्याएको हो । आयोगका प्रवक्ता सह सचिव सूर्यप्रसाद शर्माका अनुसार भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते निर्वाचन चिह्न प्रदानको कार्यतालिका तय भएको छ । प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।