ग्यास्ट्रिकबाट पीडित हुनुन्छ भने बिरेनुन खानुस्

समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सत्तामा प्राकृतिक बिरेनुनको प्रयोग गर्दा राम्रो हुन्छ । त्यसमा प्राकृतिक बिरेनुन निकै उपयुक्त विकल्प हो । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ ।बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभ...