उत्तर कोरियामा एक जना अमेरिकी सैनिक पक्राउ, बिना अनुमति उत्तर कोरिया प्रवेश गरेको भनाइ

काठमाण्डौ – दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् । दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ । अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा ...

सम्बन्धित सामग्री

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । […]