असनमा तिहारको किनमेल, तस्वीरहरू

काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीकाका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरू बजारमा पुगेका छन्।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्। 

सम्बन्धित सामग्री

तिहारको रौनकता छैन जाजरकोटमा

काठमाडौं, २७ कात्तिक । आज तिहारको तेस्रो दिन । गाई पूजा । जाजरकोटको भेरी नगरपालिकामा तिहारकोे कुनै रौनकता छैन । न चाडबाडको तयारी छ, न त देउसी भैलोको रमाइलो । कात्तिक १७ मध्यराति रामीडाँडा केन्द्रबिन्दु भएर आएको ६.४ बाट व्यापक रुपमा जनधनको क्षतिसँगै यहाँका अधिकांश नागरिक घरबाहिर छन् ।‘यहाँ चाडबाडको रौनकता छैन । जताततै सुनसान […]

बदलिँदै तिहारको मौलिकता

कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो।...

तिहारको चौथो दिन यसरी गरियो गाई पूजा

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमागाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् ।कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईकोपूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आआजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

आजदेखि तिहारको बिदा सुरु

काठमाण्डौ – आजदेखि तिहारको बिदा सुरु भएको छ । आजदेखि भाइटीकाको दिन अर्थात् आउँदो बिहीवारसम्म तिहारको बिदा छ । तर, धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको र त्यसको पर्सीपल्ट छठ पर्व परेकाले धेरैजसो कर्मचारीहरु फर्किने सम्भावना कम छ । १३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । काठमाण्डौ उपत्यकाका विद्यालय पनि १४ गतेदेखि नै खुल्दै छन् ।

तिहारको लागि मिठाई पसलमा भीड (तस्बिर)

काठमाडौँ – आज यमपञ्चक एवं तिहारको चौथो दिन। आज गोवर्द्धन पूजा। आजै नेपालभाषी समुदायको म्हः (आत्मा) पूजा। भोलि तिहारको अन्तिम दिन भाइटीका। भाइटीकालाई नेपालभाषीहरु किजापूजा भन्छन्। म्हः पूजा र भाइटीकामा फलफूल तथा मिठाईको अधिक प्रयोग हुन्छ। काठमाडौँ उपत्यकामा फलफूलभन्दा मिठाईको बढी प्रयोग हुने गर्छ। पहिले म्हः पूजा तथा भाइटीकामा यहाँका रैथाने फलफूलमात्रै प्रयोग हुन्थ्यो। यहाँ […]

बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्।सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्। नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ। अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको शुभकामना व्यक्त गरेकी छन्।उनले नेपालीको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।तिहारको अवसरमा देउसी–भैलो खेल्ने नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ।राष्ट्रपतिले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताए

तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ? के कुरामा ध्यान दिने ?

तिहारको पाँच दिन गरिने विभिन्न खाले पूजाहरू कसरी र कुन दिशामा फर्किएर गर्ने ? सामान्य हुँदाहुँदै पनि यो एउटा आधारभूत समस्या हो । यसैलाई हामी तिहारको वास्तुको रुपमा मान्छौं । अर्थात्, लक्ष्मी पूजादेखि भाइटीका लगाउँदासम्म गरिने सबै खाले धार्मिक कार्यमा वास्तुलाई ध्यान दिनुपर्ने बताउँछन्, पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल । सामान्य भाषामा […]