सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता वृद्धि

नवलपरासीमा उत्पादन हुने सर्वोत्तम समेन्टले उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएो छ कम्पनीले अब उद्योेगको उत्पादन क्षमतालाई ४० हजारबाट बढाएर प्रति दिन ६० हजार बोरा उत्पादन गर्ने जनाएको छ । उत्पादन क्षमता बिस्तार भएसँगै उपभोक्ता माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अभैm सरल तथा सुलभ बन्ने कम्पनीको […]

सम्बन्धित सामग्री

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ। उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन्।...

विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि आवश्यक

काठमाडौं  । नेपालमा विद्युत् प्रसारण लाइनको क्षमता बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ । कम क्षमताका विद्युत् प्रसारण लाइनका कारण उद्योग कलकारखानाले आवश्यक बिजुली नपाउने र कतिपय स्थानमा उत्पादित विद्युत् खेर जाने स्थिति रहेकाले प्रसारण लाइनको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता महसूस भएको हो ।  केही समयअघि वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीहरू उद्योग कलकारखानाका लागि आवश्यक बिजुली नपाएको भन्दै आन्दोलित बनेका थिए । उनीहरूले नेपाल विद्युत् प्राधिकरणमाथि विद्युत् आतंक मच्चाएको आरोपसमेत लगाए । प्राधिकरणले विनासूचना ८ देखि १२ घण्टासम्म लोडशेडिङ गर्दा आफ्नो उद्योगधन्दा धराशयी भएको कोरिडोर क्षेत्रका व्यवसायीको भनाइ थियो ।  यही विषयलाई लिएर वैशाख १० गते आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण लाइनको कम क्षमताका कारण लोडशेडिङ गर्नुपर्ने बाध्यता आएको स्पष्टीकरण दिए । नदी प्रवाहमा आधारित नेपालका अधिकांश आयोजनामा पानीको बहाव कम भएकाले विद्युत्को आन्तरिक उत्पादन घटेको र भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढाउन ढल्केवरपूर्वको प्रसारण लाइनले नधानेको उनको भनाइ थियो ।  कार्यकारी निर्देशक घिसिङले ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण भइसकेपछि यो क्षेत्रमा समस्या नरहने बताए । तर, निर्माणको चरणमा रहेका यी प्रसारण लाइनको काम विभिन्न अवरोधले लामो समयदेखि पूरा हुन सकेको छैन ।  वीरगञ्ज र विराटनगर कोरिडोरका उद्योगीले विद्युत् प्रसारण लाइनका कारण लोडशेडिङको मार खेप्नुपरेको घटना त एउटा उदाहरण मात्रै हो । नेपालको विभिन्न क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनसम्म पुर्‍याउँदा, नेपालको बिजुली भारत निर्यात गर्दा एवं भारतबाट आयात गर्दा प्रसारण लाइन र ओभरलोडसम्बन्धी समस्या समयसमयमा आउने गरेको छ ।  गत वर्षायाममा निजीक्षेत्रका उद्यमीले नेपाल विद्युत् प्राधिकरणले आफूले उत्पादन गरेको बिजुली नकिन्दा १ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको गुनासो गरेका थिए । बिजुली खेर जानुमा प्रसारण लाइनको क्षमताले नधान्नु प्रमुख कारक रहेको बताइन्छ । यस्तै उत्पादन गृहसम्म राष्ट्रिय प्रसारण लाइन नपुग्नाले पनि समस्या हुने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अधिकारी बताउँछन् ।  इप्पान उपाध्यक्ष आशिष गर्ग विद्युत् प्रसारण लाइनको क्षमता वृद्धि एवं सञ्जाल विस्तारमा तीव्रता दिन ढिला भइसकेको बताउँछन् । ‘विद्युत् प्रसारण लाइनको कम क्षमताले असजिलो भइरहेको छ । कतिपय अवस्थामा जलविद्युत् आयोजना बनिसक्दा पनि प्रसारण लाइन निर्माण पूरा नहुने समस्या छ । प्रसारण लाइन भएको अवस्थामा पनि क्षमताले नधान्दा बिजुली खेर गइरहेको छ,’ उनले भने । मुलुकभित्रको विद्युत् प्रसारण लाइन एकआपसमा नजोडिएकाले पनि एक ठाउँको उत्पादन सबैतिर पुर्‍याउन असहज भइरहेको उपाध्यक्ष गर्गको भनाइ छ । उनका अनुसार विद्युत् प्राधिकरणको सीमित क्षमताले प्रसारण लाइन निर्माणमा तीव्रता आउन नसकेको कुरा गरिन्छ । तर, निजीक्षेत्रले वर्षौंदेखि प्रसारण लाइन निर्माणमा सहभागी गराउन गरेको आग्रह सरकारले सुनेको छैन । सरकारले प्रसारण लाइन निर्माण यही गतिमा अघि बढाए आगामी दिनमा पनि अहिलेको समस्या दोहोरिने चिन्ता उनले व्यक्त गरे । नेपालको विद्युत् प्रसारण लाइनबारे जानकार हरराज न्यौपाने अहिलेको प्रसारण लाइन अपुग भएकाले चाहिएजति बिजुली आपूर्ति हुन नसकेको बताउँछन् । निर्माणाधीन प्रसारण लाइन बनेपछि मात्रै बिजुली आपूर्ति सहज हुने उनले बताए । ‘विभिन्न ठाउँमा थप प्रसारण लाइन निर्माण भइरहेको छ । अहिलेको ओभरलोडको समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुने समय कुर्नुपर्ने हुन्छ,’ न्यौपानेले भने ।  विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई पनि प्रसारण लाइनको कम क्षमता अहिलेको समस्या रहेको स्वीकार्छन् । विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण गरिरहेकाले लामो समयसम्म यो समस्या नरहने प्रवक्ता भट्टराईले बताए ।  जलविद्युत् एवं प्रसारण क्षेत्रका जानकारहरूले लाइन निर्माणको क्रममा जमीन अतिक्रमण, वनको समस्या, स्थानीयको अवरोध, ठेकेदारको लापरबाही र अदालतको आदेशजस्ता कारणले ढिलाइ हुने गरेको बताएका छन् ।

मधेश प्रदेशका उद्योगको उत्पादन क्षमता ५९.१६ प्रतिशत

१८ पुस, काठमाडौं । सरकारी अध्ययनले मधेश प्रदेशमा उद्योगहरुको उपयोग क्षमता बढेको देखाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सो प्रदेशमा उद्योगहरुको क्षमता उपयोग वृद्धि भएको उल्लेख छ । प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग आर्थिक वर्ष (आव) २०७७/७८ मा भन्दा आव २०७८/७९ […]

घरजग्गाको राजस्व घट्यो, उद्योगको क्षमता उपयोगमा ५ प्रतिशतको वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा बागमती प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ । समग्र प्रदेशको वार्षिक घरजग्गा कारोबार २१.६ प्रतिशतले वृद्धि भएपनि यता राजस्वमा भने ३.३ प्रतिशतले गिरावट आएको हो ।यस्तै, समीक्षा वर्षमा प्रदेशको कृषि उत्पादनमा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङले देखाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये गहुँ ६.९ प्रतिशत, कोदो उत्पादन ०.१ प्रतिशत, जौ ४.१ प्रतिशत, फापर उत्पादन १५ प्रतिशतले बढेको छ भने धान उत्पादन ०.४ प्रतिशत र मकै उत्पादन १.७ प्रत

ताक्सुगाडको विद्युत उत्पादन क्षमता वृद्धि

ताक्सुगाड जलविद्युत आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको छ । कन्सल्टेन्टले डीपीआरको रिपोर्ट बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डीपीआर २०१६ देखि सुरु भएको थियो । डीपीआरको जिम्मेवारी डिजायड कन्सल्टेन्ट नयाँ बानेश्वर काठमाडौंले दुई वर्षमा सक्ने गरी सम्झौता […]

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छः मन्त्री बडू

सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना।...

नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरिने

आधारभूत र जीवनरक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

जनार्दन शर्माको प्रश्न : काठमाडौंमै उत्पादन हुने अक्सिजन कहाँ खपत भइरहेको छ?

काठमाडौं।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा दैनिक ८,१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ?” उत्पादन क्षमता वृद्धि गर्न नसकेपनि खपतबारे जानकारी गराउनुपर्ने बताए।

जनार्दन शर्माको प्रश्न : काठमाडौंमै उत्पादन हुने अक्सिजन कहाँ खपत भइरहेको छ?

काठमाडौं।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा दैनिक ८,१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ?” उत्पादन क्षमता वृद्धि गर्न नसकेपनि खपतबारे जानकारी गराउनुपर्ने बताए।

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक रोजगारमा गएका युवाहरू कृषि उत्पादन कार्यमा संलग्न हुन थालेका छन् । यसले उत्पादनको मात्रामा धेरै वृद्धि ल्याउने देखिएको छ । जसले गर्दा सकारात्मक परिणाम आउने विश्वास गर्न सकिन्छ भने यसलाई सन्तोषजनक […] The post कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.